के खुल्याे ? के खुलेन ? हेर्नुहाेस् ।
पाेखरा । काेराेना भाइरसकाे महामारीका कारण विगत लामाे समयदेखि राेकिएकाे सवारी साधनहरूकाे लाइसेन्स निकाल्ने प्रकृया यहि भदाै २० गतेदेखि शुरू हुने भएकाे छ ।
यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र बाग्मतीले एक सुचना जारी गर्दै २० गतेदेखि नयाँ लाइसेन्सकाे लिखित, प्रयाेगात्मक तथा रिट्रायल परिक्षा सञ्चालन हुने जनाएकाे हाे । यसैगरि बर्ग थपका लागि आवेदन दिएकाहरूकाे परिक्षासमेत हुने जनाएकाे छ ।
स्वास्थ्य सुरक्षा मापदण्डकाे पुर्ण पालना गर्दै परिक्षा लिइने कार्यालयले जनाएकाे हाे ।
बाग्मतीले परिक्षा शुरू गरेपनि गण्डकीमा भने तत्काल खुलाउनेबारेमा समस्या रहेकाे निमित्त कार्यालय प्रमुख भरत काफ्लेले बताए । हामीकहाँ १५ जनाभन्दा बढिकाे भिडभाड हुने काम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आदेश छ । तत्कालका लागि जनशक्तीकाे अभाव लगायतका कारण हामीले यसै दिनदेखि शुरू हुन्छ भनेर भन्न सक्ने अवस्था छैन् । उनले भने ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर, जिल्ला प्रशासन कार्यालय कास्कीसँग समन्वय गरेर यहि महिनाकाे अन्त्यसम्म हामीले पनि खुलाउन सक्छाैँ कि भनेर तयारी गरिरहेकाे उनकाे भनाइ छ ।
हेर्नुहाेस् कार्यालयद्वारा जारी सूचना





