२०८३ साउन २१ गते बिहीबार

थाई सेनाले २ जना कम्बोडियन सैनिकलाई मुक्त ग¥यो

थाई सेनाले २ जना कम्बोडियन सैनिकलाई मुक्त ग¥यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १८ गते शनिबार १०:२०

रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले कम्बोडियाले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार बाँकी कर्मचारीहरूलाई तुरुन्तै स्वदेश फिर्ता गर्न थाई पक्षलाई आग्रह गरिरहेको बताएका छन् ।

एजेन्सी\सिन्ह्वा ।

युद्धविराम लागू भएपछि थाई सेनाले दुई जना कम्बोडियन सैनिकलाई मुक्त गरेको छ ।

कम्बोडियन रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार २० जना कम्बोडियन सैनिकहरूमध्ये शुक्रबार २ जनालाई मुक्त गरिएको हो ।

अगष्ट १, २०२५ मा थाई पक्षले केवल दुई जना कम्बोडियन सैनिकहरूलाई फिर्ता गरेको थियो ।

यसैबीच रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले कम्बोडियाले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार बाँकी कर्मचारीहरूलाई तुरुन्तै स्वदेश फिर्ता गर्न थाई पक्षलाई आग्रह गरिरहेको बताएका छन् ।

प्रकाशित मिति २०८२ साउन १८ गते शनिबार १०:२०
हजुरको प्रतिक्रिया