२०८३ साउन २१ गते बिहीबार

पाेखरामा अवैध लागु औषधसहित दम्पति पक्राउ

पाेखरामा अवैध लागु औषधसहित दम्पति पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १३ गते आइतबार ०३:४६

पाेखरा  । पोखराको चोरसाँघुबाट अवैध लागु औषध सहित दम्पति पक्राउ परेका छन्। पोखरा महानगरपालिका -१५ चोरसाँघुबाट अवैध लागु औषध २ सय ८० एम्पुल नुर्फिन, २ सय ८० एम्पुल फेनरागन, २ सय ८० एम्पुल डाईजेपाम र नगद ३ लाख २९ हजार रुपैयाँ लगायत सुन...

पाेखरा  । पोखराको चोरसाँघुबाट अवैध लागु औषध सहित दम्पति पक्राउ परेका छन्।

पोखरा महानगरपालिका -१५ चोरसाँघुबाट अवैध लागु औषध २ सय ८० एम्पुल नुर्फिन, २ सय ८० एम्पुल फेनरागन, २ सय ८० एम्पुल डाईजेपाम र नगद ३ लाख २९ हजार रुपैयाँ लगायत सुन जस्तो देखिने पहेंलो रङको धातु १ केजी, १ थान पेस्तोल जस्तो देखिने लाईटर र ३ थान मोवाइलसहित दम्पति पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पोखरा -९ शिवटोलस्थित सुकुम्बासी बस्ती बस्ने ३७ वर्षीय लोक बहादुर श्रेष्ठ र उनकै श्रीमती ३२ वर्षीया बिष्णु श्रेष्ठ गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा घरको कोठा तथा हाँसको खोरमा खाल्डो खनि लुकाएर राखेको अवस्थामा उक्त सामान वरामद गरेको हो।

पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७८ भदौ १३ गते आइतबार ०३:४६
हजुरको प्रतिक्रिया