२०८३ साउन २१ गते बिहीबार

हमासद्वारा हतियार बिसाउन पुनः अस्वीकार

हमासद्वारा हतियार बिसाउन पुनः अस्वीकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १९ गते आइतबार ११:३०

गाजा क्षेत्रमा इजरायल र हमासबीचको युद्ध रोक्ने प्रयास भइरहेका बेला हमासले दियो युद्धविराम नरोक्ने जवाफ ।

प्यालेस्टाइनलाई स्वतन्त्र नबनाउदा सम्म हतियार नत्याग्ने हमासको दाबी ।

काठमाडौं ।
हमासले हतियार त्याग्न पुन: अस्वीकार गरेको छ । प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार नबिसाउने हमासको स्पष्टोक्ति छ । गाजा क्षेत्रमा इजरायल र हमासबीचको युद्ध रोक्ने प्रयास भइरहेका बेला हमासले आफ्नो युद्धविराम नरोक्ने जवाफ दिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्ताव राखेका थिए । त्यसमा इजरायलले युद्धविरामका लागि हमासले हतियार त्याग्नुपर्ने सर्त राखेको थियो । इजरायलले युद्धविरामका लागि सशस्त्र प्यालेस्टिनी समूह हमासले हतियार त्याग्नुपर्ने प्रमुख सर्त राख्दै आएको छ । इजरायल र हमास आ-आफ्नो अडानमा कायम रहेकाले युद्धविरामका लागि पछिल्लो समय भइरहेको वार्ता पनि रोकिएको छ । केही दिन अगाडि अरब देशहरुले हमासले हतियार बिसाउने र गाजाको नियन्त्रण छोड्न अनुरोध गरेका थिए । त्यो भन्दा पहिले फ्रान्स, क्यानडा, बेलायतसमेत केही पश्चिमा देशहरुले प्यालेस्टाइनलाई के देशको रुपमा मान्यता दिने योजना बनाएको समाचार सार्वजनिक भएको थियो । बेलायतले भनेको छ यदि इजरायलले आगामी सेप्टेम्बर महिनासम्म कुनै पनि सर्त मानेन भने उसले यसै गर्ने छ ।

प्रकाशित मिति २०८२ साउन १९ गते आइतबार ११:३०
हजुरको प्रतिक्रिया