२०८३ साउन २१ गते बिहीबार

काेराेना : गण्डकीका २३० जनामा कोरोना पुष्टि, थप ६ जनाकाे ज्यान गयाे

काेराेना : गण्डकीका २३० जनामा कोरोना पुष्टि, थप ६ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १३ गते आइतबार ०७:३७

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण आइतबार गण्डकीमा थप छ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा तनहुँका तीन जना तथा कास्कीकाे पोखरा महानगरका तीन जना रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ । गण्डकीमा...

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण आइतबार गण्डकीमा थप छ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा तनहुँका तीन जना तथा कास्कीकाे पोखरा महानगरका तीन जना रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।

गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २९० पुगेको निर्देशनालयले जनाएको छ।

यस्तै, आइतबार गण्डकीका २३० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९६२ जनामा गरिएको नमुना परीक्षणमा थप २३० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ५३ जना, तनहुँका ११ जना, लमजुङका १६ जना र नवलपुरका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ४१ जना, गोरखाका १३ जना, बागलुङका २१ जना र म्याग्दी जिल्लाका २० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८१ हजार ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५०४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७६ हजार ४०० पुगेको छ।

प्रकाशित मिति २०७८ भदौ १३ गते आइतबार ०७:३७

हजुरको प्रतिक्रिया