२०८३ साउन २१ गते बिहीबार

आज कृष्ण जन्माष्टमीकाे अवसरमा देशभर सार्वजनिक विदा

आज कृष्ण जन्माष्टमीकाे अवसरमा देशभर सार्वजनिक विदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १४ गते सोमबार ०९:३१

पाेखरा । आज कृष्ण जन्माष्टमी । वैदिक सनातन धर्मावलम्बीले याे पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।। सरकारले कृष्ण जन्माष्ठमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार...

पाेखरा । आज कृष्ण जन्माष्टमी । वैदिक सनातन धर्मावलम्बीले याे पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।। सरकारले कृष्ण जन्माष्ठमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

प्रकाशित मिति २०७८ भदौ १४ गते सोमबार ०९:३१
हजुरको प्रतिक्रिया