२०८३ साउन २१ गते बिहीबार

इजरायली सेनाद्वारा प्यालेस्टिनी युवाको हत्या

इजरायली सेनाद्वारा प्यालेस्टिनी युवाको हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २१ गते मंगलबार १०:००

त्यहाँका बासिन्दाहरूले घटनास्थलमा पुग्न र अल–आमेरको शव निकाल्ने प्रयास गरेका थिए तर इजरायली सेनाले सैन्य बुलडोजरले क्षेत्रमा आक्रमण गरे र सुविधालाई पूर्ण रूपमा ध्वस्त पारेका छन् ।

एजेन्सी\सिन्ह्वा ।

प्यालेस्टिनको उत्तरी पश्चिम किनारमा इजरायली सेनाद्वारा गरिएको सैन्य कारबाहीको क्रममा एक प्यालेस्टिनी युवाको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्रोतहरूकाअनुसार घटनामा अर्का एक जना घाइते भएका छन् ।

जेनिनको दक्षिणमा रहेको कबातिया शहर नजिकै ३३ वर्षीय युसुफ इमाद इब्राहिम अल–आमेरको हत्या भएको जानकारी नागरिक मामिलासम्बन्धी सामान्य प्राधिकरणले दिएको हो ।

नागरिक मामिलासम्बन्धी सामान्य प्राधिकरणले २१ वर्षीय कुसे अमीन सुलेमान अल–सादीलाई अपरेशनको क्रममा घाइते भएको र इजरायली सेनाले पक्राउ गरेको घोषणा गरेको छ ।

त्यहाँका बासिन्दाहरूले घटनास्थलमा पुग्न र अल–आमेरको शव निकाल्ने प्रयास गरेका थिए तर इजरायली सेनाले सैन्य बुलडोजरले क्षेत्रमा आक्रमण गरे र सुविधालाई पूर्ण रूपमा ध्वस्त पारेका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले एक संक्षिप्त विज्ञप्तिमा पुष्टि गरेको छ कि टोलीले सुविधाको भग्नावशेषबाट अल–आमेरको शव निकालेको छ ।

प्रकाशित मिति २०८२ साउन २१ गते मंगलबार १०:००
हजुरको प्रतिक्रिया