२०८३ साउन २१ गते बिहीबार

पाकिस्तानभर मनसुनी वर्षाका कारण ३ सय भन्दा बढीको मृत्यु

पाकिस्तानभर मनसुनी वर्षाका कारण ३ सय भन्दा बढीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २२ गते बुधबार ०९:३८

एनडीएमएको पछिल्लो रिपोर्टअनुसार देशका विभिन्न भागहरूमा मुसलधारे मनसुनी वर्षा जारी रहँदा विगत २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

एजेन्सी\सिन्ह्वा ।

पाकिस्तानभर जुन २६ देखि भएको वर्षासँग सम्बन्धित घटनाका कारण ३ सय २ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार ७ सय २७ जना घाइते भएका छन् ।

एनडीएमएको पछिल्लो रिपोर्टअनुसार देशका विभिन्न भागहरूमा मुसलधारे मनसुनी वर्षा जारी रहँदा विगत २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

पूर्वी पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ १६३ जनाको मृत्यु भएको छ भने ५७९ जना घाइते भएका छन् ।

उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा ७१ जनाको मृत्यु भएको भने ८६ जना घाइते भएका छन् ।

अधिकारीहरूले अगस्ट ५ देखि १० सम्म देशको माथिल्लो र मध्य भागहरूमा भारी मनसुनी वर्षा हुने चेतावनी दिएका छन् ।

प्रान्तीय सरकारहरूलाई निरन्तर वर्षाको बीचमा राहत कार्यहरू सञ्चालन गर्न र जोखिममा रहेका क्षेत्रहरूको निगरानी गर्न सल्लाह दिएका छन् ।

प्रकाशित मिति २०८२ साउन २२ गते बुधबार ०९:३८
हजुरको प्रतिक्रिया