२०८३ कात्तिक ११ गते मंगलबार

युनुसद्वारा फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा

युनुसद्वारा फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २३ गते बिहीबार ०९:३५

जुलाई विद्रोहको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले उक्त घोषणा गरेका हुन् ।
रमजान महिना अर्को वर्ष फेब्रुअरी १७ वा फेब्रुअरी १८ मा शुरु हुने तय भएको छ ।

एजेन्सी\सिन्ह्वा ।

बंगलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा गरेका छन् ।

उनले फेब्रुअरी २०२६ मा आम चुनाव आयोजना गर्न निर्वाचन आयोगलाई पत्र पठाएका छन् ।

जुलाई विद्रोहको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले उक्त घोषणा गरेका हुन् ।

रमजान महिना अर्को वर्ष फेब्रुअरी १७ वा फेब्रुअरी १८ मा शुरु हुने तय भएको छ ।

बंगलादेशी अर्थशास्त्री युनुसले गत वर्ष अगस्ट ८ मा देशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए ।

बंगलादेशी राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अगस्ट ६, २०२४ मा संसद भंग गरेपछि अन्तरिम सरकार गठनको बाटो खुलेको थियो ।

प्रकाशित मिति २०८२ साउन २३ गते बिहीबार ०९:३५
हजुरको प्रतिक्रिया