२०८३ साउन २१ गते बिहीबार

साेमबार स्याङ्जाका २ सहित गण्डकीमा ३ जनाकाे ज्यान गयाे

साेमबार स्याङ्जाका २ सहित गण्डकीमा ३ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १४ गते सोमबार ०७:०२

पाेखरा । साेमबार गण्डकी प्रदेशमा स्याङ्जाका २ जनासहित थप ३ जनाकाे ज्यान गएकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ । मृत्युकाे याे संख्यासहित गण्डकीमा कोरोना संक्रमणका कारण  हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार...

काेराेना संक्रमण दर घट्दै, संक्रमणमुक्त हुनेकाे संख्या बढ्दै

पाेखरा । साेमबार गण्डकी प्रदेशमा स्याङ्जाका २ जनासहित थप ३ जनाकाे ज्यान गएकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ । मृत्युकाे याे संख्यासहित गण्डकीमा कोरोना संक्रमणका कारण  हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २९३ पुगेको छ।

साेमबार ज्यान गुमाउनेहरूमा स्याङ्जाकाे वालिङ् नगरपालिका १ की ५८ बर्षीय महिला तथा गल्याङ् नगरपालिका ७ की ४७ बर्षिय महिला रहेका छन् । यस्तै, पाेखरा महानगरपालिका १२ का ७७ बर्षीय संक्रमित पुरूष रहेका छन् ।

यस्तै, पछिल्लाे २४ घण्टामा प्रदेशभर थप १७० जनामा कोरोना पुष्टि भएको छ। संक्रमितहरूमा कास्कीका ७३ जना, तनहुँका छ जना, गोरखाका ३० जना र नवलपुरका ३९ जना, स्याङ्गजाका १५ जना र म्याग्दी जिल्लाका सातजना रहेकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साेमबार थप संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८१ हजार २७८ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तीका अनुसार पछिल्ला केहि दिनहरूमा गण्डकीमा काेराेना संक्रमित हुनेहरूकाे संख्यामा कमि अाइरहेकाे छ । जारी तथ्याङ्कले गण्डकीमा कोरोनाकाे संक्रमणदर घट्दै गएको देखाएकाे हाे । एकातिर संक्रमित घटिरहेका छन् भने संक्रमणमुक्त हुनेको संख्यामा पनि वृद्धि आइरहेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७६ हजार ७०३ पुगेको छ।

प्रकाशित मिति २०७८ भदौ १४ गते सोमबार ०७:०२

हजुरको प्रतिक्रिया