२०८३ कात्तिक ११ गते मंगलबार

टर्कीमा पानीको संकट

टर्कीमा पानीको संकट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २३ गते बिहीबार ०९:४७

इज्मिरको पिउने पानीको लगभग आधा आपूर्ति गर्ने ताहताली बाँध, एक वर्ष अघिको २२.५५ प्रतिशतबाट तिब्र रूपमा घटेर केवल ७.९७ प्रतिशतमा झरेको छ ।

एजेन्सी\सिन्ह्वा ।

खडेरी र कम वर्षाका कारण टर्कीको पश्चिमी प्रान्त इज्मिरमा पानी आपूर्ति गर्ने मुख्य बाँधहरू सुक्दै जान थालेका छन् ।

जसले शहरको पानी आपूर्तिलाई प्रभावित बनाएको छ ।

इज्मिर पानी तथा ढल निकास प्रशासनले अवस्थाको गम्भीरता पुष्टि गर्दै ६ वटा बाँधहरू मध्ये पाँचवटा सुक्दै गएको जनाएको छ ।

इज्मिरको पिउने पानीको लगभग आधा आपूर्ति गर्ने ताहताली बाँध, एक वर्ष अघिको २२.५५ प्रतिशतबाट तिब्र रूपमा घटेर केवल ७.९७ प्रतिशतमा झरेको छ ।

अलाकाटी र गोर्डेस बाँधहरूसहित अन्य प्रमुख जलाशयहरूमा पनि तिब्र गिरावट आएको छ । जसको स्तर ३ प्रतिशतभन्दा तल झरेको छ ।

६ वटा प्रमुख बाँधहरूमध्ये एउटा मात्र यसको क्षमताको ५० प्रतिशतभन्दा माथि छ ।

प्रकाशित मिति २०८२ साउन २३ गते बिहीबार ०९:४७
हजुरको प्रतिक्रिया