२०८३ साउन २१ गते बिहीबार

शिक्षा समितिको बैठक आज बस्दै, विद्यालय शिक्षा विधेयकमा छलफल गरिने

शिक्षा समितिको बैठक आज बस्दै, विद्यालय शिक्षा विधेयकमा छलफल गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २३ गते बिहीबार ०९:५१

यस अघि गत असर २२ गते नै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो ।

काठमाडौं ।

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बस्ने भएको छ ।

बैठक आज दिउसो २ बजेका लागि बोलाइएको छ ।

बैठकमा विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

यस अघि गत असर २२ गते नै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो ।

सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।

प्रकाशित मिति २०८२ साउन २३ गते बिहीबार ०९:५१
हजुरको प्रतिक्रिया