२०८३ साउन २१ गते बिहीबार

गोकुलधाममा बोरिङ्ग खानेपानीको उद्घाटन

गोकुलधाममा बोरिङ्ग खानेपानीको उद्घाटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २३ गते बिहीबार ०१:३१

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ बाच्छेबडुवास्थित पुष्करणीय परोपकार गोकुलधाम परिसरमा निर्माण सम्पन्न भएको बोरिङ्ग खानेपानीको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बिच पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बोरिङ्ग खानेपानीको...

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १४ बाच्छेबडुवास्थित पुष्करणीय परोपकार गोकुलधाम परिसरमा निर्माण सम्पन्न भएको बोरिङ्ग खानेपानीको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बिच पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बोरिङ्ग खानेपानीको उद्घाटन गरेका हुन् ।

गोकुलधाम पोखरा महानगरपालिकाको सहयोगमा राष्ट्रिय परोपकार महासंघ नेपालको व्यवस्थापनमा संचालित छ । २ बर्ष पहिलोबाट गोकुलधाम संचालनमा आएको छ ।

गोकुलधाममा सडकमा छाडा छोडिएका गाइको व्यवस्थापन गर्ने गरिएको छ । गाइको संख्या बढ्दै जादाँ पानीको समस्या भए पनि महानगर र स्थानीयको जनसहभागितमा बोरिङ्गबाट खानेपानी निकालिएको धामका संस्थापक एबं संरक्षक कमलनयन गौतमले जानकारी दिए । गोकुलधाममा अहिले करिब तीन सय गाइ रहेका छन् ।

पोखरा महागनर प्रमुख आचार्यले धाम संचालनपछि पोखरामा सडकमा छाडा चौपायहरु देखिन छाडेको र सडकमा देखिएका तत्काल व्यवस्थापन गर्ने गरिएको बताए । सडकमा छाडा चौपायाको व्यवस्थापन पछि सडक दुर्घटना शून्यमा झरेको आचार्यले जानकरी दिए । बोरिङ्ग संचालन पछि धामका लागि र बृद्धाश्रमको लागि पनि खानेपानीको अभाव नहुने आचार्यको भनाई थियो ।

महानगरको अनुदान २५ लाख रुपैया र जनसभागिता १ लाख २५ हजारको लागतमा बोरिङ्ग निर्मांण गरिएको हो । बोरिङ्गसगै ४० हजार लिटरको पानी टंकी पनि निर्माण गरिएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्कीले घरमा पालेका चौपाया सडकमा नछाड्न आग्रह गरे । गोकुल धामको व्यवस्थापनमा महानगर सँगै प्रदेश सरकारले पनि बजेट छुट्याएको कार्कीले जानकारी दिए । नेपालकै नमुना गोकुलधाम निर्माण भएकाले देशभरीका धार्मिक पर्यटक अवलोकनका लागि आउने गरेको कार्कीले बताए ।

प्रकाशित मिति २०८२ साउन २३ गते बिहीबार ०१:३१
हजुरको प्रतिक्रिया