२०८३ साउन २१ गते बिहीबार

भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सहयोग गर्नेलाई अमेरिकाले ५ करोड डलर दिने

भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सहयोग गर्नेलाई अमेरिकाले ५ करोड डलर दिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २४ गते शुक्रबार ०५:५०

अमेरिकी प्रशासनले मदुरोलाई ‘विश्वको सबैभन्दा ठुला लागूपदार्थ तस्करमध्ये एक’ भएको आरोप लगाएको छ ।

निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्नेलाई इनाम दिने

काठमाडौं ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्नेलाई अब ५ करोड डलर दिने भएको छ । यसअघि घोषणा गरिएको भन्दा यो राशि दोब्बर हो । अमेरिकी प्रशासनले मदुरोलाई ‘विश्वको सबैभन्दा ठुला लागूपदार्थ तस्करमध्ये एक’ भएको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन् । जनवरीमा भएको विवादास्पद चुनावपछि मदुरो सत्तामा फर्किएका थिए । तर उनको पुनरागमनलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो । मदुरोलाई समात्न मद्दत गर्नेलाई दिने भनेर पहिले घोषणा गरिएको २५ मिलियन डलरको पुरस्कार राशि अब दोब्बर गरिएको अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भनेका छन् । मदुरो लागूपदार्थ तस्करीमा प्रत्यक्ष रूपमा संलग्न रहेको उनको भनाइ छ । भेनेजुएलाका विदेश मन्त्री इभान गिलले नयाँ पुरस्कारलाई ‘अर्थहीन’ र ‘राजनीतिक प्रचार’ को संज्ञा दिएका छन् ।

प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार ०५:५०
हजुरको प्रतिक्रिया