पोखरा ।
पोखरामा १ लाख पुरस्कार राशीको राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको दिन पोखरा १६ बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको हो । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरको आयोजनामा साउन ३१ गते शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना हुने छ ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ७५ हजार, तृतीय हुने समुहले ५० हजार, सान्त्वना हुने समुहले २५ हजार र प्रत्येक सहभागी समुहले ५/५ हजारका दरले प्रोत्साहन पुरस्कार प्राप्त गर्ने प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।
प्रतिष्ठानले स्थापनाकालदेखि नै द्विवार्षिक रुपमा राष्ट्रिय पुरस्कारसँगै साहित्यका विविध विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुको पहिचान गरी, बाल साहित्य पुरस्कार, मदनचन्दा स्मृति पुरस्कार र लोक कवि चेतबहादुर स्मृति पुरस्कारसहित ४ वटा पुरस्कार प्रदान गर्ने प्र्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले बनाइन् ।
प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार ०८:०३




