२०८३ साउन २१ गते बिहीबार

रोटर्याक्ट क्लब अफ पोखरा मिडटाउनका नवनियुक्त अध्यक्ष रिमालद्धारा पदभार ग्रहण

रोटर्याक्ट क्लब अफ पोखरा मिडटाउनका नवनियुक्त अध्यक्ष रिमालद्धारा पदभार ग्रहण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २४ गते शुक्रबार ०८:१९

सो अवसरमा क्लबको २०२५/२६ कार्यकालका लागि नवनियुक्त अध्यक्ष गणेश रिमाल पदभार ग्रहण गरको छन् ।

पोखरा ।

रोटर्याक्ट क्लब अफ पोखरा मिडटाउनले आफ्नो २२ औं पदस्थापन समारोह एक भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

सो अवसरमा क्लबको २०२५/२६ कार्यकालका लागि नवनियुक्त अध्यक्ष गणेश रिमाल पदभार ग्रहण गरको छन् ।

कार्यक्रमका प्रमुख अतिथि मणिपाल टिचिङ्ग हस्पिटलका चिफ इन्जिनीयर ई. संजय कुमार गुप्ता रहेका थिए ।

कार्यक्रम विशेष अतिथि, अन्य डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान)का सदस्यहरु , क्लब अध्यक्षहरू, पूर्व अध्यक्षहरू, रोटरीयनहरु, इनरव्हील, इन्टर्याक्ट प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष रोटर्याक्टर ई. नविन चन्द्र थापाले स्वागत मन्तव्य राखे भने उद्घाटन प्रमुख अतिथि ई. संजय कुमार गुप्ताले सम्पन्न गरे । नवनियुक्त अध्यक्ष ई. गणेशको परिचय पूर्व अध्यक्ष अनिल लामिछानेले गरे । भने वर्ष २०२४/२५ का अध्यक्ष संजय अधिकारीले कार्यकालको संक्षिप्त विवरण दिए र साथै आफ्नो नव नियुक्त अध्यक्षलाई ग्याभल, ह्यामर र चार्टर प्रमाणपत्र हस्तान्तरण गरे ।

अध्यक्ष गणेशले आफ्नो कार्यकालमा सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गर्दै वर्षको बोर्ड अफ डाइरेक्टर्स २०२५/२६ को घोषणा र शपथ ग्रहण गराउनुभयो। कार्यक्रममा दुइ जना नयाँ सदस्यहरु चिरनजीबी अधिकारी र डा. समिक्षा भट्टराईलाइ जोनल रोटर्याक्ट रेप्रेजेन्तेतिवले इन्डक्ट गराएका थिए ।

कार्यक्रमका संयोजक पूर्व अध्यक्ष कृष्ण खड्का र रोटर्याक्टर विनोद अधिकारी थिए भने मन्तव्य पूर्व अध्यक्ष सुबाष आचार्य, रोटर्याक्टर नम्रता लम्साल, रोटरीयन उपेन्द्र प्रसाद पौडेल, जोनल रोटर्याक्ट रेप्रेजेन्तेतिव रोटर्याक्टर श्रीनाथ वाग्ले, असिस्टेन्ट डिष्ट्रिक्ट रोटर्याक्ट रेप्रेजेन्तेतिव रोटर्याक्टर अनुपा वाग्लेले दिएका थिए ।

त्यसै गरि प्रमुख अतिथिको परिचय रोटर्याक्टर शमा रंग्रेजले गरे । कार्यक्रममा प्रमुख अतिथी गुप्ताले रोटर्याक्ट मार्फत यसैगरी सेवाभावमा जोदिन जोड दिए ।

यस वर्षको बार्षिक मुखपत्र रोटर्याक्ट प्रयास सार्वजनिक गरिएको थियो । टोस्ट प्रोपोजल पूर्व अध्यक्ष ई. सन्देश पराजुलीले दिएका थिए । कार्यक्रमको सञ्चालन संजिता खड्काले गरिन् । ७३ जना को विशेष उपस्थिति थियो ।

प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार ०८:१९
हजुरको प्रतिक्रिया