पोखरा ।
कास्की प्रहरीले अवैध सुनको कारोवार गर्ने ११ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार बेलुका सुनका गरगहना बनाउने विभिन्न स्थानमा छापा हानेर उनिहरुलाई पक्राउ गरिएको शिनिबार पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उक्त अभियानलाई अपरेशन एल्लो मेटल नाम दिइएको छ । पक्राउ पर्ने सबै भारतीय नागरीक रहेको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
उनिहरुको साथबाट प्रहरीले ६ दशमलब ४ केजी सुन बरामद गरेको छ । आजको बजार मुल्य अनुसार उक्त सुनको मुल्य १० करोड ९७ लाख हुने प्रहरीले जनाएको छ । यस्तै चाँदी ४ सय ४४ तोला ७३.९ लाल रहेको छ । उनिहरुको साथबाट ५ लाख १४ हजार ६ सय ६५ रुपैया पनि बरामद भएको ओलीयाले जानकारी दिए ।
पोखरा महानगरपालिका वडानम्बर २, ३, ४ र ९ का विभिन्न क्षेत्रमा सूनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो ।
पक्राउ पर्नेमा राजेन्द्र रामचन्द्र जगताप, मनिकलाल आदक, सन्दिप ढाव, सोमनाथ पाल, दिपक सामन्त, गोविन्दा दिण्डा, असित वर, तापस सामन्त, उज्जल भोमिक, सुनिता पवार, प्रोभास माझी रहेका छन् ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल घर भएका रहेको खुलेको छ । उनिहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने कास्की प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८२ साउन २५ गते शनिबार ०८:०२




