पोखरा ।
चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना ल्याएको छ ।
साउन २५ देखि भदौ ४ सम्म यो योजना सञ्चालन हुनेछ । यस अवधिमा टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने छन् ।
पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष मिनराज काफ्लेले ग्राहकलाई सुविधा दिने उद्देश्यले ग्रान्ड सपिङ फेस्टिभल योजना ल्याएको बताए । उनका अनुसार आगामी १० दिनको अवधिमा ग्राहकले मल भित्रका व्यावसायिक प्रतिष्ठानमा ५ सय र सो भन्दा माथिका दरमा सामान खरिद गर्न पाउनेछन् ।
मलले फेस्टिभल अवधिमा अधिकतम ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाएको हो । दसैं, तिहार लगायत चाडपर्वको अवसरमा भने छुट्टै योजना ल्याउने जानकारी उनले दिए ।
प्रालिका प्रबन्ध सञ्चालक दीपककुमार मुल्मीले टे«ड मलले यस क्षेत्रको प्रमुख व्यावसायिक केन्द्रको रूपमा सेवा गरिरहेको बताए । मलमा मनोरञ्जन सेवा प्रदान गर्ने २ वटा मल्टिप्लेक्स चलचित्र घर, गुणस्तरीय भोजन प्रदान गर्ने रेस्टुरेन्ट र सौन्दर्यकरणका लागि स्तरीय लेडिज तथा जेन्ट्स हेयर सैलुन, पार्लर जस्ता विविध सुविधा छन् ।
विदेश पढ्न जाने विद्यार्थीलाई उत्कृष्ट सेवा प्रदान गर्ने ३ वटा ख्यातिप्राप्त शैक्षिक परामर्शदाता कम्पनी छन् । मलको कुल क्षेत्रफल १ लाख ७१ हजार वर्गफिट छ, जसमध्ये ७८ हजार वर्गफिट सटरका लागि छुट्याइएको छ । मलमा २ सय १० व्यावसायिक प्रतिष्ठानका ५ सय ३ सट छन् । नयाँ व्यवसाय सुरु गर्न इच्छुक उद्यमीको लागि मलमा हाल ६ सयदेखि १ हजार २ सय वर्गफिटसम्मको स्थान उपलब्ध रहेकोे छ ।
प्रकाशित मिति २०८२ साउन २५ गते शनिबार ०८:०५




