२०८३ साउन २१ गते बिहीबार

इजरायल जान चाहनेहरुका लागि परीक्षाको मिति तोकियो

इजरायल जान चाहनेहरुका लागि परीक्षाको मिति तोकियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १५ गते मंगलबार ०२:०८

पोखरा । केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परिक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परिक्षा हुने बताएको हो । इजरायलले एक हजार जना नेपालीलाई केयर...

पोखरा । केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परिक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परिक्षा हुने बताएको हो ।

इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।

इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाइनमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही, जानकारीका आधारमा परीक्षार्थी अंग्रेजीको परिक्षा दिन उपस्थित हुनुपर्ने छ ।

इजरायलमा नेपालीलाई केयर गिभरका रुपमा लग्नका लागि गत वर्षको असोजमा इजरायल र नेपालबीच सम्झौता भएको थियो ।

प्रकाशित मिति २०७८ भदौ १५ गते मंगलबार ०२:०८
हजुरको प्रतिक्रिया