२०८३ कात्तिक १० गते सोमबार

सुनसरीमा बस र माइक्रो ठोक्किदा चारजनाको मृत्यु

सुनसरीमा बस र माइक्रो ठोक्किदा चारजनाको  मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २७ गते सोमबार ०२:४६

सुनसरीको भोक्राहा-नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो झमबार बिहान ठोक्किएको थियो ।

सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ

काठमाडौं ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा-नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो झमबार बिहान ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतक तीन जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगरका अशोक यादवको मृत्यू भएको खुलेको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन ।

प्रकाशित मिति २०८२ साउन २७ गते सोमबार ०२:४६
हजुरको प्रतिक्रिया