२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशमा ७ निर्देशनालय खारेज, १ सय ८५ कर्मचारी दरबन्दी घटाइयो

गण्डकी प्रदेशमा ७ निर्देशनालय खारेज, १ सय ८५ कर्मचारी दरबन्दी घटाइयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २७ गते सोमबार ०३:३३

पोखरा । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालय खारेज गर्दै मन्त्रालयमा गाभेको छ । साथै १ सय ८५ कर्मचारी दरबन्दीसमेत कटौती भएको छ । यसबाट तत्काल ५० करोड आर्थिक भार कम हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाइ छ । आज बिहान बसेको...

पोखरा ।

गण्डकी प्रदेश सरकारले ७ निर्देशनालय खारेज गर्दै मन्त्रालयमा गाभेको छ । साथै १ सय ८५ कर्मचारी दरबन्दीसमेत कटौती भएको छ ।

यसबाट तत्काल ५० करोड आर्थिक भार कम हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाइ छ ।

आज बिहान बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशका निर्देशनालय मन्त्रालयमा गाभ्ने, प्रदेशमा भएका कर्मचारीको दरबन्दी घटाउने र कर्मचारी मापदण्ड पारित गर्ने लगायतका निर्णय गरेको छ ।

मन्त्रिपरिषदले निर्देशनालय खारेज गर्दै त्यसबाट दिने सेवा मन्त्रालयबाटै दिने, जिल्लाका केही कार्यालयका सेवा एकीकृत गर्ने, संघका कर्मचारी फिर्ता पठाउने, प्रदेशको १ सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको मुख्यमन्त्री पाण्डेको बताए ।

गण्डकी सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोकत्वमा प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति गठन गरेको थियो ।

२०८१ चैतमा गठन भएको सो समितिमा पूर्वसहसचिव महेश्वर नरसिंह केसी र अर्का सहसचिव अच्युत लामिछाने सदस्य थिए । समितिले बुझाएको प्रतिवेदन आंशिक रुपमा कार्यान्वयनमा लैजाने निर्णय सरकारले गरेको छ ।

प्रकाशित मिति २०८२ साउन २७ गते सोमबार ०३:३३
हजुरको प्रतिक्रिया