२०८३ साउन २१ गते बिहीबार

कास्की प्रहरीले जुवाडे समात्याे

कास्की प्रहरीले जुवाडे समात्याे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १५ गते मंगलबार ०५:४४

पाेखरा । कास्की प्रहरीले तास खेलिरहेका चौध जनालाई पोखराको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका -१७ घारीपाटन र पोखरा -१५ सिताराम हाउजिङबाट प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको जनाएकाे छ । प्रहरीका...

पाेखरा । कास्की प्रहरीले तास खेलिरहेका चौध जनालाई पोखराको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका -१७ घारीपाटन र पोखरा -१५ सिताराम हाउजिङबाट प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको जनाएकाे छ ।

प्रहरीका अनुसार घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेका सात जनालाई नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका -८ निवासी ५१ वर्षीय लालप्रसाद गुरुङको घरमा तास खेलिरहेका सात जनालाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ सहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उक्त स्थानहरुमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा रहेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७८ भदौ १५ गते मंगलबार ०५:४४
हजुरको प्रतिक्रिया