२०८३ साउन २१ गते बिहीबार

पत्रकारले खोज पत्रकारितामा सोच बढाउन आवश्यक छ : प्रमुख थापा

पत्रकारले खोज पत्रकारितामा सोच बढाउन आवश्यक छ : प्रमुख थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २८ गते मंगलबार ०७:५२

जनजातिको बाहुल्यता भएको ठाउँमा विकास गर्नु पर्ने उनले बताए ।

बागलुङ ।

जिल्ला समन्वय समिति प्रमुख अमर थापाले पत्रकारहरुले खोज पत्रकारितामा सोच बढाउन आवश्यक छ रहेको बताएका छन् ।

जनजातिको बाहुल्यता भएको ठाउँमा विकास गर्नु पर्ने उनले बताए । मंगलबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को स्थापना दिवसको अवसरमा आयोजित पत्रकारितामा जनजातिको सवाल विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले स्रोतको उपलब्ध हँुदा दीगो विकास हुने ठाउँमा खर्च नहुँदा नागरिक पछि पर्ने गरेको उनले बताए ।

योजना निर्माणमा सबैले हातेमालो गर्न आवश्यक उनले बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागलुङका पूर्व अध्यक्ष संगम घर्तीमगरले अवधारणापत्र प्रस्तुत गरेका थिए ।

स्थापना दिवसको अवसरमा विहान नेपाल पत्रकार महासंघ बागलुङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागलुङ बिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता भएको थियो ।

उक्त प्रतियोगितामा नेपाल पत्रकार महासंघ बागलुङले आयोजकलाई ११ का विरुद्द १३ गोल गरेर विजयी भएको अध्यक्ष डम्मर बुढा मगरले जानकारी दिए ।

प्रकाशित मिति २०८२ साउन २८ गते मंगलबार ०७:५२
हजुरको प्रतिक्रिया