२०८३ कात्तिक १० गते सोमबार

११५ केजी बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

११५ केजी बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३० गते बिहीबार ११:३१

पक्राउ पर्नेमा चीनको हेनान प्रदेश घर भएका ४६ वर्षीय लिउ जिङताओ र २३ वर्षीय लिउ स्याओस्वाई छन् ।

ठमेलबाट ११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ

काठमाडौं ।
प्रहरीले काठमाडौं महानगरपालिका–१७ स्थित ठमेलबाट ११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको हेनान प्रदेश घर भएका ४६ वर्षीय लिउ जिङताओ र २३ वर्षीय लिउ स्याओस्वाई छन् । आरोपीहरूको साथबाट ११५ केजी बुद्धचित्तको दाना र १२ लाख ७० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई ठमेलस्थित जेपी मोडमा रहेको चिनियाँ होटलबाट पक्राउ गरेको हो । आरोपीहरू बाबुछोरा हुन् । काठमाडौँमा पर्यटक भिसामा बसेर उनीहरूले अवैध काम गर्ने गरेको बताइएको छ । उनीहरूले अवैध तरिकाले बुद्धचित्तको दाना सङ्कलन गरेर राखेको भेटिएको छ । आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति २०८२ साउन ३० गते बिहीबार ११:३१
हजुरको प्रतिक्रिया