पाेखरा । काेराेना संक्रमणका कारण मंगलबार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा लमजुङका एक जना र म्याग्दी जिल्लाका एक जना छन् । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२९५ पुगेको निर्देशनालयले जनाएको छ।
यस्तै, मंगलबार गण्डकीका २९७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९७० जनामा गरिएको नमुना परीक्षणमा थप २९७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६२ जना, तनहुँका ३० जना, गोरखाका पाँच जना, लमजुङका १३ जना र नवलपुरका १९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका १८ जना, पर्वतका ३४ जना र बागलुङ जिल्लाका १६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८१ हजार ५७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३१९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७७ हजार २२ पुगेको छ।
प्रकाशित मिति २०७८ भदौ १५ गते मंगलबार ०७:१३




