२०८३ साउन २१ गते बिहीबार

स्वस्थ्य नागरिक बन्न बिषादी रहित कृषि उत्पादन : मन्त्री पाठक

स्वस्थ्य नागरिक बन्न बिषादी रहित कृषि उत्पादन : मन्त्री पाठक

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ साउन ३० गते बिहीबार ०८:१८

नगरपालिकामा चालुबर्ष कृषि क्षेत्रमा १ करोडबढी बजेट बिनियोजन भएको छ ।

बागलुङ ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वस्थ्य नागरिक बन्नका लािग विषादीरहित कृषि उत्पादन चाहिने बताएका छन् । उनले नागरिक स्वस्थ्य भए मात्र दक्ष नागरिक बन्न सक्ने समेत बताए ।

स्वस्थ्य नागरिक बन्नकालागि हरेक नागरिकले स्वस्थ्य कृषि उत्पादन खान पाउनुपर्ने व्यवस्था गर्न कृषि क्षेत्रका प्राविधिकलाई आग्रह समेत गरे । बागलुङ स्थित कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले आयोजना गरेको गत आर्थिक बर्षको समीक्षा तथा चालु बर्षको कार्यक्रम सार्वजनिकीकरणमा मन्त्री पाठकले कृषि फसलहरु बिषादीरहित बनाउने काममा सबैको चासो र पहल हुनुपर्ने बताए ।

उनले मौलिक प्रकारका कृषि उत्पादन बढाउने, निर्यातमुखी उत्पादन गर्ने र राज्यले पनि त्यस्ता उत्पादनमा सहुलियत र अनुदान दिने व्यवस्था हुँदा युवा पनि आर्कर्षित हुने उनले बताए । कृषि पेशा गर्ने युवालाई सम्मान गर्नुपर्ने समेत उनको धारणा थियो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले कृषि क्षेत्रमा प्रविधि र प्राविधिक राज्यले दिनुपर्ने र नागरिकले मेहेनत गरेर उत्पादन बढाएमा आयात प्रतिस्थापन हुने बताए । चालु बर्ष जैमिनी नगरपालिकाले कृषि क्षेत्रमा बजेट प्रसस्त बिनियोजन गरेको तर काम गरिदिने किसानको अभाव हुन लागेको बताए ।

नगरपालिकामा चालुबर्ष कृषि क्षेत्रमा १ करोडबढी बजेट बिनियोजन भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, परियोजनाका दिनेश पाठकको संचालनमा सम्पनन कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल, भेटेनरी अस्पतालका प्रमुख डा. ऋषिराम सापकोटा, परियोजनाका प्रमुख नारायण पौडेलले कार्यक्रम प्रस्तुतीकरण गरेका थिए ।

उक्त अबसरमा किसान र सरोकारवालाले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउनुपर्ने धारणा राखेका थिए । ग्रामीण क्षेत्रमा पशुपालन गरेकाहरु अहिले पनि अनुदान माग्न आउन नसक्ने, तर कागजमा प्रकृया बनाउन सक्नेहरुले धमाधम अनुदान खाएको भन्दै उनीहरुले त्यस्ताको खोजी गर्ने र वास्तविक किसानको बारीमा अनुदान लैजान पनि सुझाव दिए ।

प्रकाशित मिति २०८२ साउन ३० गते बिहीबार ०८:१८
हजुरको प्रतिक्रिया