२०८३ कात्तिक १० गते सोमबार

डेंगु संक्रमणबाट २४ वर्षीय युवकको मृत्यु

डेंगु संक्रमणबाट २४ वर्षीय युवकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३१ गते शुक्रबार ०१:३५

टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीय युवकको मृत्यु भएको हो ।

फैलिदै डेंगु संक्रमण

काठमाडौं ।
डेंगु संक्रमणबाट एक जना युवकको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीय युवकको मृत्यु भएको हो । यसवर्ष डेंगुबाट मृत्यु भएको यो पहिलो केश हो । यसवर्ष हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवन आएका एक विदेशी नागरिकमा भेटिएको थियो । विज्ञका अनुसार डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको स्थानमा अन्डा पार्ने गर्छ ।

विशेषगरी वर्षाको पानी जम्ने ठाउँ, जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा खाली ड्रम, गमला, पानी ट्यांकी आदिमा यसले अण्डा पार्छ ।

प्रकाशित मिति २०८२ साउन ३१ गते शुक्रबार ०१:३५
हजुरको प्रतिक्रिया