२०८३ साउन २१ गते बिहीबार

कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ नेपालीको मृत्यु

कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ नेपालीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३१ गते शुक्रबार ०६:०१

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार ३१ जना बिरामीलाई भेन्टिलेटरमा राखिएको छ भने ५१ जनाले आकस्मिक मिर्गौला डायलाइसिस गराएका छन्।

कुवेतमा विषाक्त मदिरा सेवनका कारण विभिन्न देशका २३ जनाको मृत्यु

काठमाडाैं ।
कुवेतमा विषाक्त मदिरा सेवनका कारण विभिन्न देशका २३ जनाको मृत्यु भएको छ। करिब १६० जना बिरामी भएका छन् । मृतकमध्ये ९ जना नेपाली नागरिक समेत रहेका छन् । अरू मृतक पनि अधिकांश एसियाली नागरिक रहेको अरब टाइम्सले जनाएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार ३१ जना बिरामीलाई भेन्टिलेटरमा राखिएको छ भने ५१ जनाले आकस्मिक मिर्गौला डायलाइसिस गराएका छन्। २१ जनामा स्थायी अन्धोपन वा दृष्टिदोष देखिएको छ ।

मन्त्रालयले सबै केसहरूको २४ घण्टा निगरानी र आवश्यक उपचारको व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । नेपाली दूतावास कुवेतका अनुसार तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ । ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । यसबारेमा कुवेत सरकारले दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको बताउँदै उनले विस्तृत विवरण लिने क्रममा रहेको छ।

कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा ठुलो सङ्ख्यामा नेपाली प्रभावित भएका हुन् ।

यसैबिच कुवेतस्थित भारतीय दूतावासले करिब ४० जना भारतीय नागरिक अस्पताल भर्ना भएको पुष्टि गरेको छ। केहीको अवस्था गम्भीर रहेको र केहीको मृत्यु भएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति २०८२ साउन ३१ गते शुक्रबार ०६:०१
हजुरको प्रतिक्रिया