२०८३ कात्तिक ११ गते मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच बहुप्रतिक्षित शिखर बैठक हुँदै

अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच बहुप्रतिक्षित शिखर बैठक हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३१ गते शुक्रबार ०८:०५

ट्रम्प नेतृत्वको प्रतिनिधिमण्डलमा उपराष्ट्रपति, अमेरिकी विदेशमन्त्री, अर्थमन्त्री, रक्षामन्त्री, ट्रम्पका मध्यपूर्व दूत लगायत रहनेछन् ।

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित शिखर बैठक आजराति हुँदैछ ।

बैठक अलास्काको एन्करेजमा रहेको अमेरिकी सैन्य अड्डामा नेपाली समय शनिबार बिहान सवा १ बजेदेखि शुरु हुनेछ । दुई शक्तिशाली देशका शक्तिशाली राष्ट्रपतिबीच हुने बैठकलाई विश्व समुदायले चासोका साथ हेरेको छ । वर्षौदेखि चलेको रुस युक्रेन युद्ध रोक्नेबारे महत्त्वपूर्ण निर्णय हुन सक्ने ठानिएकाले पनि यो वार्ता धेरैको चासोमा छ ।

रुसी समाचारसंस्था तासका अनुसार शिखर बैठकमा जाने टोलीमा रूसी विदेशमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री सहित रूसी प्रत्यक्ष लगानी कोषका प्रमुख, अमेरिकाका लागि रूसी राजदूत र राष्ट्रपतिका विशेष प्रतिनिधिहरु रहनेछन् ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रतिनिधिमण्डलमा उपराष्ट्रपति, अमेरिकी विदेशमन्त्री, अर्थमन्त्री, रक्षामन्त्री, ट्रम्पका मध्यपूर्व दूत लगायत रहनेछन् ।

अलास्कामा ट्रम्प र पुटिनबीच मात्रै पनि वार्ता हुने छ । वार्ताहरु दुवै पक्षका दोभासेहरु मात्र सहभागी हुनेछन् । दुई राष्ट्रपति युक्रेनमा युद्धविराम विषयमा केन्द्रित रहेर वार्ता गर्नेछन् । यस्तै सामूहिक र विषयगत वार्ताहरु पनि हुनेछन् । दुई राष्ट्रपतीबीच अन्तर्राष्ट्रिय र क्षेत्रीय सन्दर्भका समसामयिक विषयहरूमा पनि छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

प्रकाशित मिति २०८२ साउन ३१ गते शुक्रबार ०८:०५
हजुरको प्रतिक्रिया