२०८३ साउन २१ गते बिहीबार

२४ घण्टामा पाकिस्तानभर वर्षाजन्य विपद्बाट १९४ जनाको मृत्यु

२४ घण्टामा पाकिस्तानभर वर्षाजन्य विपद्बाट १९४ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३२ गते शनिबार ०९:३२

त्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । जसमा १८० जनाको मृत्यु भएको छ ।
त्यसपछि पाकिस्तान नियन्त्रित कश्मीरमा नौ जनाको मृत्यु भएको छ भने उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको मृत्यु भएको छ ।

एजेन्सी\सिन्ह्वा ।

वर्षाजन्य विपद्बाट पाकिस्तानभर २४ घण्टामा१ सय ९४ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले यसबारे जानकारी दिएको हो । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ ।

जसमा १८० जनाको मृत्यु भएको छ ।

त्यसपछि पाकिस्तान नियन्त्रित कश्मीरमा नौ जनाको मृत्यु भएको छ भने उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले उत्तरी र उत्तरपश्चिमी क्षेत्रहरूमा भारी मनसुनी वर्षाका कारण भएको बाढी, पहिरो र घर भत्किँदा मृत्यु भएको बताएका छन् ।

गिर्बीट सरकारका प्रवक्ता फैजुल्लाह फाराकले अचानक आएको बाढीले सडक, पुल, घर, विद्यालय, पानी ट्यांकी र कृषि जमिनमा पनि क्षति पु¥याएको बताए ।

अधिकारीका अनुसार धेरै व्यक्तिहरू अझै बेपत्ता छन् ।

उद्धार टोलीहरूले चुनौतीपूर्ण अवस्थाको बावजुद खोजी कार्य सञ्चालन गरिरहेका छन् ।

जुनको अन्त्यदेखि, मौसमी वर्षाले पाकिस्तानमा देशभर ५ सय भन्दा बढीको ज्यान लिएको आधिकारिक तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति २०८२ साउन ३२ गते शनिबार ०९:३२
हजुरको प्रतिक्रिया