२०८३ साउन २१ गते बिहीबार

पाेखरामा बसकाे ब्याट्री चाेर्ने २ जना पक्राउ

पाेखरामा बसकाे ब्याट्री चाेर्ने २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १६ गते बुधबार ०५:१३

पाेखरा । पाेखरामा पार्किङ गरेर राखिएकाे बसबाट ब्याट्री चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं -१० रंगशाला गेट अगाडि पार्किङमा राखेको ना ५ ख २१६९ नं को बसको २ वटा ब्याट्री चोरी गरेको आरोपमा कास्की प्रहरीले...

पाेखरा । पाेखरामा पार्किङ गरेर राखिएकाे बसबाट ब्याट्री चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं -१० रंगशाला गेट अगाडि पार्किङमा राखेको ना ५ ख २१६९ नं को बसको २ वटा ब्याट्री चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा -९ पृथ्बीचोक बस्ने २१ वर्षीय मनोज गुरुङ र १८ वर्षीय विकास गुरुङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरुले गएको सोमबार अन्दाजी ७:३० बजेको समयमा ‘लिभरगार्ड इनर्जी अनलिमिटेड -१५० Ah’ नाम लेखेको २ वटा ब्याट्री चोरी गरेको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।

पक्राउ परेका दुबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।

समाचारमा प्रयाेग भएकाे तस्विर सांकेतिक हाे र याे गुगलबाट साभार गरिएकाे हाे ।

प्रकाशित मिति २०७८ भदौ १६ गते बुधबार ०५:१३
हजुरको प्रतिक्रिया