२०८३ साउन २१ गते बिहीबार

बाढी र पहिरोका कारण विगत ४८ घण्टामा पाकिस्तानमा ३४० जनाकाृ मृत्यु

बाढी र पहिरोका कारण विगत ४८ घण्टामा पाकिस्तानमा ३४० जनाकाृ मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १ गते आइतबार ०९:३८

नागरिकहरूलाई वर्षा र बाढीको समयमा शतर्क रहन, सावधानी अपनाउन र जोखिमपूर्ण क्षेत्रहरूमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।
विशेष गरी पर्यटकहरूलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्न आगामी पाँचदेखि ६ दिनसम्म उत्तरी क्षेत्रहरूको भ्रमण नगर्न सल्लाह दिइएको छ ।

एजेन्सी\सिन्ह्वा ।

पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तिमा ३ सय ४० जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोका कारण सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ ।

उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै घटनामा २ सय २५ जनाको मृत्यु भएको छ भने दर्जंनौं घाइते भएका छन् ।

जुन २६ मा मनसुन शुरु भएदेखि मृत्यु हुनेको संख्या ५ सय ४१ पुगेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ ।

पाकिस्तान अधिनस्थ जम्मु–कश्मीरमा ११ जना र गिलगित–बालिस्टान क्षेत्रमा १२ जनाको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । उद्दारमा २ हजारभन्दा बढी मानिस खटिएका छन् ।

उद्दार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् ।

उद्धार संस्थाहरूकाअनुसार मुसलधारे वर्षा, अचानक आएको बाढी र चट्याङले प्रान्तका केही भागहरूमा विनाश मच्चाएको छ ।  जसका कारण धेरै बेपत्ता भएका छन् र व्यापक विनाश भएको छ ।

बाढीले गाउँहरू डुबानमा पर्दा केही परिवारका सबै सदस्यहरु बेपत्ता छन् ।

निरन्तर वर्षाका कारण आएको पहिरोले प्रमुख सडकहरू अवरुद्ध गरेको छ । दुर्गम क्षेत्रहरूमा पहुँच काटिएको छ ।

नागरिकहरूलाई वर्षा र बाढीको समयमा शतर्क रहन, सावधानी अपनाउन र जोखिमपूर्ण क्षेत्रहरूमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।

विशेष गरी पर्यटकहरूलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्न आगामी पाँचदेखि ६ दिनसम्म उत्तरी क्षेत्रहरूको भ्रमण नगर्न सल्लाह दिइएको छ ।

सरकारले बुनर, बजौर, मानसेरा र बट्टाग्राम जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ ।  स्थानीय बासिन्दाले घटना ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन् ।

यसैबीच उद्धारमा प्रयोग भइरहेको प्रान्तीय सरकारको हेलिकोप्टर मौसम खराबी कारण दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिएको छ । विभागले जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ ।

सरकारले शनिबार देशव्यापी शोकको घोषणा गरेको छ भने राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

मृतकलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने पाकिस्तान सरकारले जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ १ गते आइतबार ०९:३८
हजुरको प्रतिक्रिया