२०८३ साउन २१ गते बिहीबार

बुधबार पाेखराका २ सहित गण्डकीमा थप ५ जनाकाे मृत्यु

बुधबार पाेखराका २ सहित गण्डकीमा थप ५ जनाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १६ गते बुधबार ०५:३१

पाेखरा । काेराेना भाइरस संक्रमणका कारण बुधबार गण्डकीमा थप पाँच जनाको मृत्यु भएको छ ।  बुधबार ज्यान गुमाउनेहरूमा स्याङ्गजाका एक जना, तनहुँका एक जना, बागलुङका एक जना र कास्की पोखरा महानगरका दुई जना छन् । याेसंगै गण्डकीमा कोरोना संक्रमणका...

पाेखरा । काेराेना भाइरस संक्रमणका कारण बुधबार गण्डकीमा थप पाँच जनाको मृत्यु भएको छ ।  बुधबार ज्यान गुमाउनेहरूमा स्याङ्गजाका एक जना, तनहुँका एक जना, बागलुङका एक जना र कास्की पोखरा महानगरका दुई जना छन् ।

याेसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३०० पुगेको निर्देशनालयले जनाएको छ ।

यस्तै, बुधबार गण्डकीका थप २३५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९९७ जनामा गरिएको नमुना परीक्षणमा थप २३५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। आज संक्रमण पुष्टि हुनेमा कास्कीका १४७ जना, तनहुँका १३ जना, लमजुङका २५ जना र नवलपुरका १६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका २८ जना, पर्वतका दुई जना र बागलुङका दुई जना र म्याग्दी जिल्लाका दुई जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८१ हजार ८१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २८८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७७ हजार ३१० पुगेको छ।

प्रकाशित मिति २०७८ भदौ १६ गते बुधबार ०५:३१

हजुरको प्रतिक्रिया