२०८३ साउन २१ गते बिहीबार

भारत नियन्त्रित जम्मू कश्मीरमा बादल फुट्दा ७ जनाको मृत्यु

भारत नियन्त्रित जम्मू कश्मीरमा बादल फुट्दा ७ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २ गते सोमबार ०९:४०

आईतबार बिहान ३ः३० देखि ४ः०० बजेको बीचमा बादल फुट्दा बाढी र पहिरो गएको थियो ।
प्रभावित क्षेत्रबाट पीडितहरूलाई बाहिर निकाल्न उद्धार कार्य गरिएको थियो ।

एजेन्सी\सिन्ह्वा ।

भारत नियन्त्रित जम्मू कश्मीरको कठुआ जिल्लाको जोध घाटी क्षेत्रमा बादल फुट्दा पाँच बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ ।

सो घटनामा चार जना घाइते भएका छन् ।

आईतबार बिहान ३ः३० देखि ४ः०० बजेको बीचमा बादल फुट्दा बाढी र पहिरो गएको थियो ।

प्रभावित क्षेत्रबाट पीडितहरूलाई बाहिर निकाल्न उद्धार कार्य गरिएको थियो ।

यो भन्दा पहिला पनि भारत नियन्त्रित जम्मू कश्मीरको किश्तवार जिल्लाको एउटा गाउँमा बादल फुट्दा कम्तिमा ६० जनाको मृत्यु भएको थियो ।

लगभग एक सय जना बेपत्ता भएका थिए ।

प्रकाशित मिति २०८२ भदौ २ गते सोमबार ०९:४०
हजुरको प्रतिक्रिया