२०८३ साउन २१ गते बिहीबार

काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माद्वारा राजीनामा (पत्रसहित)

काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माद्वारा राजीनामा (पत्रसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १६ गते बुधबार ०६:०६

काठमाडाैं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । राजीनामा पत्रमा उनले निर्वाचन...

दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य दुवै पदबाट राजीनामा दिएकाे घाेषणा

काठमाडाैं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा उनले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।

१३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको उनले बताएका छन् । तर विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप छ ।

यो निर्देशिका मान्य नभएको भन्दै उनले दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य दुवै पदबाट राजीनामा दिएको बताएका छन् ।

यस्ताे छ काङ्ग्रेस केन्द्रीय सदस्य विश्वकर्माले बुझाएकाे राजीनामा पत्र

प्रकाशित मिति २०७८ भदौ १६ गते बुधबार ०६:०६
हजुरको प्रतिक्रिया