२०८३ कात्तिक ११ गते मंगलबार

पाेखरामा पहिराेले घर पुरिँदा ३ जनाकाे ज्यान गयाे

पाेखरामा पहिराेले घर पुरिँदा ३ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १७ गते बिहीबार ०९:३४

पाेखरा ।  पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा– २० भलामका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । भलामका कृष्णबहादुर श्रेष्ठको एकतले...

१ जना वेपत्ता, उद्दार कार्य जारी

पाेखरा ।  पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका– ११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा– २० भलामका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भलामका कृष्णबहादुर श्रेष्ठको एकतले घर पहिरोले पुरिँदा ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षिया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो । उनीहरुका तीन वर्षीय छोरा बेपत्ता छन् ।

यसैगरी नमूना टोलका लक्ष्य नेपालीको घर पहिरोले पुरिँदा ४२ बर्षिय लक्ष्य नेपालीको मृत्यु भएको छ । उनकी १४ बर्षिया छोरी सृष्टी नेपाली घाइते भएकी छन् ।

यस्तै पोखरा– ११ बसेरीका एकदेब तिमिल्सिनाको घर पुरिँदा तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति २०७८ भदौ १७ गते बिहीबार ०९:३४
हजुरको प्रतिक्रिया