२०८३ साउन २१ गते बिहीबार

इजिप्टले जुलाईको अन्त्यदेखि गाजामा करिव १३ सय ट्रक सहायता सामग्री पठायो

इजिप्टले जुलाईको अन्त्यदेखि गाजामा करिव १३ सय ट्रक सहायता सामग्री पठायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार १०:०८

इजिप्टको विदेश मन्त्रालयले जारी गरेको तथ्यांकीय चार्टले इजिप्टबाट गाजामा ३ हजार ७ सय ३० टन राहत सामग्री पु¥याउने १ सय ६८ एयरड्रपहरू, दाता देशहरूबाट १ हजार २२ विमानहरू २७ हजार २ सय ४७ टन बोकेर एल अरिश विमानस्थलमा अवतरण गरेको र संकटको शुरुवातदेखि नै इजिप्टका बन्दरगाहहरूमार्फत प्राप्त ५ सय ९१ दान गरिएको सहायता ढुवानीहरू पनि रेकर्ड गरेको छ ।

एजेन्सी\सिन्ह्वा ।

इजिप्टले जुलाई २७ देखि अगस्ट १७ सम्म केरेम शालोम क्रसिङ हुँदै गाजा पट्टीमा १ हजार २ सय ८८ मानवीय सहायता ट्रक पठाएको छ ।

राहत सामग्री बोकेका ५ हजार ट्रक अझै पनि इजिप्टको तर्फबाट गाजामा प्रवेश गर्न पर्खिरहेका छन् ।

इजिप्टको विदेश मन्त्रालयकाअनुसार अक्टोबर २०२३ देखि इजिप्टले गाजामा ५ लाख ५० हजार टन चिकित्सा सहायता र खानाको प्रवेशलाई सहज बनाएको छ ।

जुन एन्क्लेभमा पठाइएको कुल मानवीय सहायताको लगभग ७० प्रतिशत हो ।

इजिप्टको विदेश मन्त्रालयले जारी गरेको तथ्यांकीय चार्टले इजिप्टबाट गाजामा ३ हजार ७ सय ३० टन राहत सामग्री पु¥याउने १ सय ६८ एयरड्रपहरू, दाता देशहरूबाट १ हजार २२ विमानहरू २७ हजार २ सय ४७ टन बोकेर एल अरिश विमानस्थलमा अवतरण गरेको र संकटको शुरुवातदेखि नै इजिप्टका बन्दरगाहहरूमार्फत प्राप्त ५ सय ९१ दान गरिएको सहायता ढुवानीहरू पनि रेकर्ड गरेको छ ।

नोभेम्बर २०२३ देखि जुलाई २०२५ सम्म, इजिप्टले घाइते प्यालेस्टिनीहरूलाई चिकित्सा सेवा प्रदान ग¥यो । २०९ एम्बुलेन्सहरू तैनाथ ग¥यो ।

१८ हजार ५ सय ६० घाइते प्यालेस्टिनीहरू र उनीहरूका साथीहरूलाई स्वागत गरेको छ । चार्टअनुसार १ सय ७२ इजिप्टियन अस्पतालहरूमा उनीहरूलाई भर्ना गरेको छ ।

गैर–सरकारी संस्थाहरूका ३५ हजार इजिप्टियन स्वयंसेवकहरूले मानवीय सहायताको वितरणलाई सहज बनाउन भाग लिएका छन् ।

अक्टोबर ७, २०२३ देखि, गाजामा इजरायलको चलिरहेको सैन्य अभियानले ६२ हजार १ सय २२ प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

१ लाख ५६ हजार ७ सय ५८ जना घाइते भएका छन् ।

गाजामा अनिकाल र कुपोषणले ११२ बालबालिका सहित २ सय ६९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार १०:०८
हजुरको प्रतिक्रिया