२०८३ साउन २१ गते बिहीबार

अमेरिकाको बाढीमा परेर तीन नेपालीको मृत्यु

अमेरिकाको बाढीमा परेर तीन नेपालीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १८ गते शुक्रबार ०२:११

अमेरिकाको न्युयोर्कमा समुद्री आँधीपछि आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्ने एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले उल्लेख गरेकाे छ । समाचारमा उल्लेख गरिएअनुसार दुई...

अमेरिकाको न्युयोर्कमा समुद्री आँधीपछि आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्ने एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले उल्लेख गरेकाे छ ।

समाचारमा उल्लेख गरिएअनुसार दुई वर्षीय बालक लोबसाङ लामा, उनका ४८ वर्षीया आमा मिङ्मा शेर्पा र ५० वर्षीय बाबु आङ गेलु लामाको मृत्यु भएको हो ।

बिहीबार आएको बाढी उनीहरुको अपार्टमेन्टमा छिरेपछि उनीहरु थुनिएका थिए । उनीहरुको छिमेकी डेबोराह टोरेसले भनिन्, ‘उनीहरु बाहिर निस्किनु असम्भव जस्तै थियो किनकी बाढी मेरो घुँडासम्म आइपुगेको थियो जबकी म दोस्रो तलामा थिएँ । अब तल्लो तलामा के भयो होला, तपाईं आफैं सोच्न सक्नुहुन्छ ।’

‘आफ्नो अपार्टमेन्टमा पानी आएसँगै उनीहरुले घरमालिकलाई सहयोगका लागि आग्रह गरेका थिए । तर, त्यसको केही मिनेटमा नै उनीहरुको फ्लोर पानीले भरिइसकेको थियो’, उनले भनिन् ।

घर मालिकले उनीहरुलाई केही समयपछि बाहिर निस्किन भन्दै बोलाए तर उनीहरुबाट कुनै जवाफ आएन । साढे तीन बजेतिर उद्धारकर्ताले उनीहरुको शव निकालेका थिए ।

न्युयोर्क पोस्टबाट

प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०२:११
हजुरको प्रतिक्रिया