२०८३ साउन २१ गते बिहीबार

बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा अब पोखरामा, विशेष छुटसहित ल्यायो नयाँ अफर

बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा अब पोखरामा, विशेष छुटसहित ल्यायो नयाँ अफर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार ०६:१२

यस्तै व्यावसायिक तथा सीपमुलक तालिम र देशभर थप शाखा विस्तार गर्ने प्रालिको तयारी छ ।

पोखरा ।

बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ ।

२०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि पोखरामा नयाँ शाखा विस्तार गर्न लागेको हो ।

विद्यार्थीलाई विदेश अध्ययनका लागि सही मार्गदर्शन र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रालिले पोखरा सिद्धार्थचोकमा नयाँ शाखा विस्तार गरेको अध्यक्ष सञ्जय कुँवरले जानकारी दिए ।

‘पोखरामा जापान अध्ययनको बजार ठूलो छ तर यहाँ अझै पनि उचित मार्गदर्शन र व्यवस्थित प्रक्रिया अभाव छ । हाम्रो नयाँ शाखाले यस खालको अभावलाई पूरा गर्दै विद्यार्थीलाई सही जानकारी, पारदर्शी प्रक्रिया र व्यावसायिक सहयोग पुरÞ्याउनेछ,’ उनले भने ।

प्रालिले शाखा विस्तारको अवसमा विभिन्न छुट कार्यक्रम ल्याएको छ । जसमा जापानी भाषा कक्षामा २० जनालाई भर्ना शुल्क छुट, आयल्स पिटिइ तयारीका कक्षामा २० जनालाई निशुल्क कक्षाहरु सञ्चालन गरिने अध्यक्ष कुँवरले बताए । यस्तै विभिन्न संघसंस्थाको सहकार्यमा विविध तालिम कार्यक्रममा छुटको अवसर समेत रहेको कुँवरको भनाइ छ ।

प्रालिले आगामी दिनमा जापानी भाषा शिक्षा र अन्तर्राष्ट्रिय परीक्षा तयारीका लागि आधुनिक प्रशिक्षण केन्द्र स्थापना, अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संस्थासँग साझेदारी गरेर छात्रवृत्ति तथा अवसर र अनलाइन काउन्सेलिङ प्लेटफर्म विस्तार गरेर ग्रामिण क्षेत्रका विद्यार्थीलाई पनि सेवा पु¥याउने लक्ष्य राखिएको अध्यक्ष कुँवरले जानकारी दिए ।

यस्तै व्यावसायिक तथा सीपमुलक तालिम र देशभर थप शाखा विस्तार गर्ने प्रालिको तयारी छ ।

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०६:१२

हजुरको प्रतिक्रिया