पोखरा ।
पोखरा र काठमाडौंमा अजेङक्या भर्ना मेला नेपाल २०२५ हुने भएको छ ।
दिप आईटी एण्ड शैक्षिक परामर्श सेवा, दिप कम्प्युटर संस्थान र क्यापिटल शिक्षा र आप्रवासनको संयुक्त आयोजनामा अजेङक्या भर्ना मेला तथा एआई एमएल एआर भीआर तथा साइबर सुरक्षा कार्यशाला हुन लागेको हो ।
नेपालका प्लस टु विज्ञान र व्यवस्थापन–कम्प्युटर क्षेत्रका विद्यार्थीहरूका लागि उक्त मेला गर्न लागिएको शैक्षिक परामर्श सेवाका प्रमुख कार्यकारी अधिकृत दिनेश लामिछाने जानकारी दिए । कार्यशाला पोखरामा भदौ १७ र १८ गते र काठमाडौंमा भदौ २० र २१ गते हुनेछ ।
कार्यशाला बिहान साढे ७ देखि दिउँसो १ बजे र दिउँसो साढे १ देखि साँझ ६ बजे गरी दुई सत्र सञ्चालन शुक्रबार पत्रकार सम्मेलनमार्फत लामिछानेले जानकारी दिए । विद्यार्थीहरूले आफ्नो समयअनुसार कुनै पनि सत्रमा निःशुल्क सहभागी हुन सक्नेछन् । त्यसका लागि आवेदन भने गर्नुपर्ने छ ।
कार्यशालामा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट प्रत्यक्ष प्रशिक्षण दिइनेछ । सहभागीहरूले भर्चुअल वास्तविकता कृत्रिम बुद्धिमत्ता, मेसिन सिकाइ र साइबर सुरक्षा विषयमा सिक्नेछन् । प्रत्येक ४० मिनेटको सत्रपछि १० मिनेट मनोरञ्जनात्मक गतिविधि राखिनेछ, जसले विद्यार्थीको सिकाइ र उत्साहलाई बढावा दिने लामिछानले जानकारी दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्पट भर्नामार्फत अजेङक्या डीवाई पाटिल विश्वविद्यालयमा ३ लाख ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति पाउने अवसर पाउनेछन् ।
यसरी विद्यार्थीहरूले प्रविधि सम्बन्धी ज्ञानसाथै उच्चस्तरीय शिक्षा र छात्रवृत्ति लाभ प्राप्त गर्ने लामिछानेले जानकारी दिए । कार्यक्रममा दैनिक करिब ४ सय विद्यार्थीको सहभागिता हुने अपेक्षा गरिएको उनका भनाइ छ ।
प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०७:४७




