२०८३ कात्तिक ११ गते मंगलबार

उत्तर–पश्चिम चीनमा पुल भत्किँदा १२ जनाको मृत्यु, ४ जना बेपत्ता

उत्तर–पश्चिम चीनमा पुल भत्किँदा १२ जनाको मृत्यु, ४ जना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ७ गते शनिबार ०९:५९

हुआङनान तिब्बती स्वायत्त प्रान्तको जैन्का काउन्टीको सिचुआन–छिंगहाई रेलवेको छिंगहाई खण्डमा निर्माणाधीन पुल भत्किएको हो ।

एजेन्सी\सिन्ह्वा ।

उत्तरपश्चिम चीनको छिंगहाई प्रान्तमा पुल निर्माणको क्रममा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

दुर्घटना परि चार जना अझै बेपत्ता रहेको दुर्घटनालाई सम्बोधन गर्ने आपतकालीन कमाण्ड मुख्यालयले जनाएको छ ।

हुआङनान तिब्बती स्वायत्त प्रान्तको जैन्का काउन्टीको सिचुआन–छिंगहाई रेलवेको छिंगहाई खण्डमा निर्माणाधीन पुल भत्किएको हो ।

विफलताका कारण १०८ मिटरको स्टील गर्डर आर्च रिब भत्किएको हो ।

दुर्घटनाको समयमा १६ जना कामदारहरू घटनास्थलमा उपस्थित थिए ।

उद्धार प्रयासमा ८०६ कर्मचारीहरू संलग्न थिए । जसमा ९१ सवारी साधन, २७ डुंगा, एउटा हेलिकप्टर र पाँच रोबोटहरू थिए ।

प्रकाशित मिति २०८२ भदौ ७ गते शनिबार ०९:५९
हजुरको प्रतिक्रिया