२०८३ साउन २१ गते बिहीबार

पाकिस्तानमा कारखानामा आगलागी हुँदा ५ को मृत्यु

पाकिस्तानमा कारखानामा आगलागी हुँदा ५ को मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ८ गते आइतबार ०१:०२

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एक पटाका कारखानामा भएको आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । ३४ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालका अधिकारीहरूले स्थानीय मिडियालाई बताएअनुसार घाइतेहरूको...

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एक पटाका कारखानामा भएको आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

३४ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालका अधिकारीहरूले स्थानीय मिडियालाई बताएअनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पाँच जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

प्रहरीले पटाका बनाउन प्रयोग हुने कच्चा पदार्थ भण्डारण गरिएको कारखानाको गोदाममा सर्ट सर्किट भएर आगलागी भएको बताएको छ र जसबाट ठूलो विस्फोट भएको र नजिकैका भवन र सवारी साधनमा व्यापक क्षति पुगेको छ ।

घटनाको अनुसन्धान गर्न समिति गठन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ ८ गते आइतबार ०१:०२
हजुरको प्रतिक्रिया