हृदयविदारक बन्यो पर्वतको पहिरो ( भिडियोसहित)
पोखरा– गण्डकीमा अविरल वर्षापछिको पहिरोले दुई दिनको अवधिमा १५ जनाको ज्यान गएको छ ।
बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको भलाम, काहुँ र कसेरीमा पाँच जनाले ज्यान गुमाएका थिए भने बिहीबार साँझदेखि परेको वर्षाका कारण पहिरोले पुरिएर पर्वतमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
कुश्मा नगरपालिका दुर्लुङमा एकै परिवारका पाँच जनाले पहिरोमा पुरिएर ज्यान गुमाएका छन्। पहिरोले पुरिएको अवस्थामा पर्वतमा बिहानसम्म छ जनाको शव फेला परेकाे थियो । दिउँसो पहिरोमा हराइरहेका थप चार जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पछिल्लो पटकको पहिरोमा हराइरहेको भनिएका कुश्मा नगरपालिका पकुवाका ४० वर्षीया माया पौडेल र ३ वर्षीय प्रयुष पौडेलको शव भेटिएको छ। सोही पहिरोमा परी ७० वर्षीया डल्ली पाध्या पौडेल हराइरहेकी छिन्।
बाढी पहिरोमा परेर असार यता मात्रै गण्डकीमा २७ जनाले ज्यान गुमाएका छन् भने ८ जना बेपत्ता भएका छन्।
पर्वतको पहिरोमा पुरिएका व्यक्तीहरुको शव निकाल्दै गर्दाको हृदयविदारक भिडियो
भिडियाे तथा तस्विर – कष्ण सुवेदी
प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०३:१२




