२०८३ साउन २१ गते बिहीबार

तनहुँमा चट्याङ परेर एक युवाकाे मृत्यु

तनहुँमा चट्याङ परेर एक युवाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १८ गते शुक्रबार ०५:२३

तनहुँ । तनहुँमा चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान चट्याङ लागेर भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै...

तनहुँ । तनहुँमा चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान चट्याङ लागेर भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा उनलाई चट्याङ लागेको हो । घाइते अवस्थामा उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएकोमा उनको मृत्यु भएको जनाइएको छ ।

विकको शव पोष्टमार्टमका लागी दमौली अस्पताल लगिएको छ ।

समाचारमा प्रयाेग भएकाे समाचार सांकेतिक हाे र याे गुगलबाट साभार गरिएकाे हाे ।

प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०५:२३
हजुरको प्रतिक्रिया