२०८३ कात्तिक १० गते सोमबार

पाेखरामा खाेलाले बगाएर एकजनाकाे ज्यान गयाे

पाेखरामा खाेलाले बगाएर एकजनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १८ गते शुक्रबार ०५:२९

पाेखरा । पाेखरामा खोलाले बगाएर एक पुरुषको ज्यान गएकाे छ । शुक्रबार बिहान अन्दाजी ११ बजेको समयमा पोखरा महानगरपालिका -३२ स्थित बेगनासतालबाट बगेरआएको खुदिखोलाले बगाएर एक पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा...

पाेखरा । पाेखरामा खोलाले बगाएर एक पुरुषको ज्यान गएकाे छ । शुक्रबार बिहान अन्दाजी ११ बजेको समयमा पोखरा महानगरपालिका -३२ स्थित बेगनासतालबाट बगेरआएको खुदिखोलाले बगाएर एक पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएकाे छ ।

मृत्यु हुनेमा सोही स्थान निवासी ६० वर्षीय रमेश मगर रहेका छन्।

प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीका अनुसार खोला तरेर गगनगौंडातर्फ जाने क्रममा नीजलाइ खुदिखोलाले बगाएर अन्दाजी ३० मिटर तल पुर्याएकाे थियाे । उनलाइ रुखमा अड्किएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाइ खवर गरेका थिए।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले तत्काल उद्धार गरी शिशुवा अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०५:२९
हजुरको प्रतिक्रिया