२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा बाढीपहिरोले दुई दिनमै १८ जनाकाे ज्यान गयाे

गण्डकीमा बाढीपहिरोले दुई दिनमै १८ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १८ गते शुक्रबार ०७:१७

पाेखरा ।  बुधबारदेखि परिरहेकाे अविरल बर्षाका कारण गण्डकी प्रदेशमा २ दिनकै अवधिमा १८ जनाकाे ज्यान गएकाे छ । पछिल्लाे २ दिनमा बाढीपहिराेका कारण पर्वतका ११ जनाले ज्यान गुमाएका छन् । बिहीबार राति आएको पहिरोले पर्वतकाे दुर्लुङ भोगेनीमा...

अविरल बर्षापछिकाे बाढीपहिराेले पर्वतमा ११ र कास्कीमा ७ जनाकाे निधन

पाेखरा ।  बुधबारदेखि परिरहेकाे अविरल बर्षाका कारण गण्डकी प्रदेशमा २ दिनकै अवधिमा १८ जनाकाे ज्यान गएकाे छ ।

पछिल्लाे २ दिनमा बाढीपहिराेका कारण पर्वतका ११ जनाले ज्यान गुमाएका छन् । बिहीबार राति आएको पहिरोले पर्वतकाे दुर्लुङ भोगेनीमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका हुन् ।

कुश्मा ११ सिल्मीमा गएको पहिरोले २ जनाको ज्यान लियो । मृत्यु हुनेमा मोदी गाउँपालिका ७ कि ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेल छन् । उनीहरु दिदीभेनाको घरमा पाहुना आएकोबेला पहिरोमा परेका हुन् ।

यस्तै, कुश्मा ११ कै पकुवा ताल्चेमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षीय छोरा प्रयूश पौडेल र पौडेलकी सासु ७० वर्षीया डल्ली पाध्या पौडेल छिन् ।

शुक्रबार बिहानकै पहिरोले पर्वत मोदी गाउँपालिका ५ अम्बोटका ५० वर्षीय फूलमाया थापाको ज्यान लिएको थियो । बाढी पहिरोले पर्वतमा सञ्चारविच्छेद भएको छ भने पहिरो गर्दा मुख्य सडकमा समेत क्षति पुगेको छ ।

यता, कास्कीमा बाढीपहिरोमा परी ७ जनाको ज्यान गएको छ । बिहीबार पहिरोले ५ जनाको ज्यान गयो ।

शुक्रबार पोखरा ३२ खुदी खोलाले बगाउँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । बेगनास तालबाट आएको खोलाले स्थानीय ६० वर्षीय रमेश मगरको ज्यान लिएको हो ।

पहिरोमा परी बिहीबार पोखरा २० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङको मृत्यु भएको थियो । पहिरोमा परी बेपत्ता भएका श्रेष्ठ दम्पत्तीका ३ वर्षीय छोराको शव शुक्रबार दिउँसोमात्रै फेला परेको छ ।

पोखरा २० कै मुलाबारीमा पहिरो जाँदा २९ वर्षीय विष्णु सार्की र उनका ८ वर्षीय छोरा सन्तोष सार्कीको मृत्यु भएको थियो । यस्तै, पोखरा ११ नमूनाटोमा पहिरोले घर पुरिँदा ४२ वर्षीय लक्ष्मण सार्कीको मृत्यु भएको थियो ।

तस्विर साभार- कृष्ण सुवेदीकाे फेसवुकवालबाट

प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०७:१७
हजुरको प्रतिक्रिया