मनसुनी वायुको प्रभावले बर्षा-मौसम पूर्वानुमान महाशाखा
पाेखरा । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भु-भागभन्दा केही तल रहेकोले साेही मनसुनी वायुको प्रभावका कारण नेपालमा अझै केही दिन पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
साेही वायुकाे प्रभावका कारण शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहँदै देशका बहुसंख्यक स्थानमा हल्कादेखि मध्यम वर्षा भयाे । शुक्रबार रातीपनि देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
यसैगरि सनिबार दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। सनिबार राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
आगामी आइतबार दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०७:५१




