२०८३ असोज २३ गते शुक्रबार

एमाले जुम्लाको सिङ्गाे जिल्ला कमिटी नै माधव नेपालको समाजवादीमा

एमाले जुम्लाको सिङ्गाे जिल्ला कमिटी नै माधव नेपालको समाजवादीमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १९ गते शनिबार ०३:५६

एमाले जुम्लाको सिङ्गाे साविक जिल्ला कमिटी नै माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीमा विलय भएको छ। शनिबार पत्रकार सम्मेलन गरी जिल्ला पार्टी कमिटीले सिंगै कमिटी समाजवादीमा गएको जनाएको हो। एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा,...

एमाले जुम्लाको सिङ्गाे साविक जिल्ला कमिटी नै माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीमा विलय भएको छ। शनिबार पत्रकार सम्मेलन गरी जिल्ला पार्टी कमिटीले सिंगै कमिटी समाजवादीमा गएको जनाएको हो।

एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्री सहितका अन्य जिल्ला सदस्यहरूले एकीकृत समाजवादीमा गएको बताएका छन् ।

त्यस्तै, निर्वाचित जनप्रतिनिधिहरूमध्ये प्रदेश ख का सांसद पदम रोकायालगायत नगरपालिकामा जितेका सबै वडा अध्यक्षहरू पनि समाजवादीमा गएका छन् । अन्य जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्ममा सनाखत गर्न आह्वान गरिएको उनले बताए।

भदौ २३ गते समाजवादीको भेला गर्ने निर्णय भएको बुढाले बताए।

प्रकाशित मिति २०७८ भदौ १९ गते शनिबार ०३:५६
हजुरको प्रतिक्रिया