२०८३ साउन २१ गते बिहीबार

ध्वनी प्रदूषण गर्ने सवारी साधान धमाधम नियन्त्रण गर्दै ट्राफिक प्रहरी

ध्वनी प्रदूषण गर्ने सवारी साधान धमाधम नियन्त्रण गर्दै ट्राफिक प्रहरी

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ भदौ १६ गते सोमबार ०९:१३

ट्राफिक प्रहरी कार्यालयका अनुसार साइलेन्सर मोर्डिफाइ गरी ठूलो आवाज निकाल्ने, अनधिकृत पार्टपुर्जा जडान गर्ने, स्वरूप परिवर्तन गरेर सडकमा हुज्जत गर्ने, नियम विपरीत गतिमा सवारी साधन चलाउने जस्ता कार्यमा संलग्न मोटरसाइकललाई प्राथमिकताका साथ नियन्त्रणमा लिइएको हो ।

बागलुङ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन गरेर ध्वनी प्रदूषण गर्ने सवारी साधानलाई धमाधम कारबाही गर्न थालेको छ ।

हालै सञ्चालन गरेको विशेष चेकजाँच अभियानमा १४ वटा मोर्डिफाइड बुलेट र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही थालेको हो ।

नियन्त्रणमा लिएका मोटरसाइकल मध्ये अधिकांश मोटरसाइकलहरू बागलुङ बजार क्षेत्रमा नियम उल्लंघन गर्दै अनावश्यक हल्ला र जोखिमपूर्ण शैलीमा चलाइँदै आएका थिए ।

ट्राफिक प्रहरीले सार्वजनिक उजुरी र बजार क्षेत्रका नागरिकको गुनासोपछि विशेष निगरानी थालेको थियो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार साइलेन्सर मोर्डिफाइ गरी ठूलो आवाज निकाल्ने, अनधिकृत पार्टपुर्जा जडान गर्ने, स्वरूप परिवर्तन गरेर सडकमा हुज्जत गर्ने, नियम विपरीत गतिमा सवारी साधन चलाउने जस्ता कार्यमा संलग्न मोटरसाइकललाई प्राथमिकताका साथ नियन्त्रणमा लिइएको हो ।

स्वरुप परिवर्तन गरेर चल्ने सवारी साधानले सार्वजनिक शान्ति मात्रै होइन, सडक दुर्घटनाको जोखिम पनि बढाउने भएकाले कानुनी कारबाही थालिएको हो ।

बागलुङ बजारमा विगत केही वर्षयता मोडिफाइड बाइकको हल्ला ठूलो समस्या बनेको थियो ।

त्यस्तै राति सुत्दा बुलेटको आवाजले बच्चासहित वृद्धवृद्धाले समेत निदाउन नसक्ने, बजार क्षेत्रमा पैदल यात्रुहरू अचानक ठूलो आवाज सुनेर तर्सिने, विद्यालय जाने–आउने विद्यार्थी, कार्यालय जाने कर्मचारी र सामान्य यात्रुहरूलाई असुविधा हुने ग¥थ्र्यो ।

प्रकाशित मिति २०८२ भदौ १६ गते सोमबार ०९:१३
हजुरको प्रतिक्रिया