२०८३ साउन २१ गते बिहीबार

पाेखराबाट लागु औषधसहित १ जना पक्राउ

पाेखराबाट लागु औषधसहित १ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १९ गते शनिबार ०६:३२

पाेखरा । पाेखरामा लागु औषधसहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पाेखरा २७ भन्ज्याङ्बाट लागु औषधसहि एकजनालाई पक्राउ गरेकाे कास्की प्रहरीले जनाएकाे छ । पोखरा महानगरपालिका वडा नं -२७...

पाेखरा । पाेखरामा लागु औषधसहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पाेखरा २७ भन्ज्याङ्बाट लागु औषधसहि एकजनालाई पक्राउ गरेकाे कास्की प्रहरीले जनाएकाे छ ।

पोखरा महानगरपालिका वडा नं -२७ भञ्ज्याङमा प्रहरीले गरेको चेकजाँचमा अवैध लागु औषधसहित एक युवकलाई पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही स्थान बस्ने ३१ वर्षीय मोहन तामाङ रहेका छन्।

प्रहरीले उनको साथबाट नुर्फिन ४५ एम्पुल, डाईजापाम ४५ एम्पुल र फेनारगन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल लागु औषध वरामद गरेको छ।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७८ भदौ १९ गते शनिबार ०६:३२
हजुरको प्रतिक्रिया